नेकपा (माओवादी केन्द्र) छाडेर एमालेतिर लागेका नेता प्रभु साहले मधेशमा तामाझामसहित आफ्नो उपस्थिति देखाउन थालेका छन्। साहको पहलमा गठन भएको ‘आइटी आर्मी’ले पछिल्लो समय प्रदेश २ मा आफ्नो सक्रियता बढाउँदै लगेको छ।
गएको ५ साउनमा चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय ‘आइटी आर्मी’ केन्द्रीय समिति गठन गरिएको थियो। आइटी आर्मीका संयोजक चन्द्रभुषण साह नेता प्रभु साह निकट युवा हुन्।
पूवमन्त्रीसमेत रहेका प्रभु साहले समृद्ध र सफल नेपाल निर्माण गर्न आइटी आर्मीको स्थापना गरिएको बताए। ‘सूचना प्रविधिमा जनताको पहुँच, परिवर्तन, समृद्धी र सफल नेपाल निर्माण गर्ने उद्देश्यले आइटी आर्मीको स्थापना गरिएको हो,’ साहले नेपालखबरसँग भने, ‘सोही अनुसार यो संगठन अघि बढिरहेको छ।’
हालसम्म प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा र पर्सा जिल्लामा संगठनको जिल्ला कमिटी गठन रिएको आइटी आर्मीका संयोजक साहले बताए। पछिल्लो समय संगठनले मधेशका जिल्लाहरुमा मोटरसाइकल र्यालीसहित नाराजुलुश गर्न थालेको छ।
अहिलेसम्म ६ वटा जिल्लामा संगठन विस्तारसँगै मोटरसाइकल जुलुस गरिसकिएको संयोजक साहले जानकारी दिए। ‘बारा, पर्सा, रौतहट र सर्लाहीका कतिपय स्थानीय तहका वडासम्म कमिटी गठन गरेका छौँ,’ संयोजक साहले भने, ‘प्रदेश २ को सिरहा र सप्तरी जिल्लामा चाँडै आइटी आर्मी गठन गर्ने हाम्रो तयारी छ।’
साहका अनुसार संगठनले सूचना प्रविधिको बलमा समाजको रुपान्तरण गर्दै देशलाई अग्रगमनको दिशा दिने छ। समाजवादको आधार खडा गर्दै सामाजिक न्याय, नयाँ संस्कृति निर्माण, समाजमा विद्यमान विकृति विसंगतीको उजागर, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने उद्देश्य संगठनले लिएको छ।
रौतहटमा बढी चहलपहल
अन्य जिल्लाको तुलनामा प्रभु साहको गृह जिल्ला रौतहटमा आइटी आर्मीको बढी चहलपहल छ। साहले रौतहटका विभिन्न स्थानीय तहमा संगठन विस्तार र मोटरसाइकल र्याली गरिसकेका छन्। रौतहट नेकपा (एमाले) बाट विभाजति भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको पनि गृह जिल्ला हो। माधव नेपाल पक्षलाई कमजोर पार्न रौतहटमा साहले बढी चहलपहल गरिरहेका जानकारहरु बताउँछन्।
आईटी आर्मीको स्थापना कार्यक्रमलाई युवा संघका अध्यक्ष महेश बस्नेतले बहिस्कार गरेका थिए। बस्नेतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बचाउमा आफ्नै नेतृत्वमा ‘साइवरसेना’ गठन गरेका थिए।
सामाजिक संजालमा तत्कालिन ओली सरकारको गलत गतविधिको आलोचना गर्नेको कडा प्रतिवाद गर्न साइवर सेनाको गठन गरिएको थियो। तर, आइटी आर्मीको संठन विस्तारमा एमाले इतरकै पुराना नेता र युवाहरुको खासै चाँसो देखिँदैन। युवा संघका केन्द्रीय नेता एवं एमाले अध्यक्ष ओलीका विश्वसपात्र संजिव झा सुरजले आइटी आर्मीको विषयमा केही प्रतिक्रिया दिन चाहेनन् । ‘यो विषयमा मेरो प्रतिक्रिया नलिनुस्। नेता प्रभु साह र संयोजक सिडी साहसँगै बुझ्नु होला,’ उनले भने।

‘जसरी २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले वाइसिएल परिचालन गर्यो। शक्ति प्रदर्शन गर्दै भयत्रासको वातावरण बनायो र जनतालाई आफ्नो पार्टीलाई भोट दिन बाध्य बनायो,’ राजनीतिक विश्लेषक बिमल यादव भन्छन्, ‘पछिल्लो निर्वाचनमा एमालेले युवा संघ परिचालन गर्यो र ठूलो पार्टी भयो। त्यस्तै प्रभु साह पनि आगामी चुनाव जित्न अहिले त्यही गर्दैछन्। यो कुनै नयाँ कुरा होइन।’
धेरै संघसस्था भ्रष्टाचार र कुशासन अन्त्यको नारा लगाउँदै अगाडि आएपनि व्यवहारमा उनीहरु आफ्नो स्वार्थ सिद्धिमा लागेका यादव बताउँछन्।
‘यहाँ जो जति ठूलो भ्रष्टाचारी छ । उसले त्यति धेरै भ्रष्टाचार निर्मूल गर्ने नारा दिन्छ। जनतामा भ्रम सिर्जना गर्न खोज्छ। यो आम मानिसलाई दिग्भ्रमित गर्ने प्रयास मात्रै हो। हात्तीको देखाउने दाँत एउटा र चपाउने अर्को भए जस्तै,’ यादवले अगाडि भने,’ ‘प्रभु साहमाथि पनि भ्रष्टाचारको धेरै आरोप लागेका छन्। तर, उनलाई कसले के गर्न सक्यो र?’
Reference :- https://nepalkhabar.com/politics/104791-2021-8-31-9-16-45